
२३ कार्तिक,कमाठमाण्डौ । भारतको मध्य प्रदेशको राजधानी भोपालस्थित कमला नेहरू अस्पतालमा गएराती आगलागी हुँदा चार बालबालिकाको जलेर मृत्यु भएको छ भने ३६ नवजात शिशुको उद्धार गरिएको छ ।
बिद्युत सर्किट सर्ट हुँदा अस्पतालको जनरल वार्ड र एनआईसीयू वार्डमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । वार्डमा ४० मध्ये ३६ शिशुको उद्धार गर्न सफल भएपनि अन्य चार जनाको उद्धारका क्रममा जलेर मृत्यु भएको थियो ।
घटनाको जानकारी लिन मध्य प्रदेशका चिकित्सा मन्त्री विश्वास सारङ घटनास्थल पुग्नुभएको छ ।
प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार