एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक यही कात्तिक २७ मा बस्ने

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले यही कात्तिक २७ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । समसामयिक राजनीतिक अवस्था र पार्टीको सङ्गठन सुदृढिकरणका बारेमा छलफल गर्न यही कात्तिक २७ र २८ मा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार पार्टीका सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि पार्टी काममा फर्किनुभएको छ । हिजो पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर खनालले आफू प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा छलफल गर्नुभएको हो ।

गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरूको सल्लाहमा खनालले घरमै आराम गरिरहनुभएको थियो । मिर्गौला प्रत्यारोपणपछि उहाँ दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किनुभएको हो । चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका थिए ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार