छठ पर्वको दोस्रो दिन, आज खरना मनाइँदै

[sharethis-inline-buttons]

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ने र साँझ सख्खर भएको खिर पकाएर केरा, लड्डु, मुलासहितको प्रसाद चढाएर ब्रतालुले समेत सोही प्रसाद खाने चलन रहेको छ । आज दिनभर ब्रत बस्नेले सूर्य अस्ताएपछि चन्द्रदर्शन गर्छन् । हिजो छठ पर्वको पहिलो दिन नहाय खाय मनाइएको थियो ।

छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा गरिन्छ भने चौथो दिन उदाउँदो सूर्यको पूजा गरेर पर्व समापन गरिन्छ । यस पर्वमा अघ्र्य दिने जलासय किनारमा आकर्षक घाट बनाउने र सरसफाइमा विशेष महत्व दिइन्छ । छठ मनाउन नदी तलाउका किनारहरूमा सजावट गरी झकिझकाउ बनाइएको छ ।

सन्तान सुख प्राप्ति र निर्धनताको अन्त्यका साथै आरोग्यकता लागि छठ पर्व मनाउने गरिन्छ । सुरुमा मिथिलाञ्चलमा मात्र मनाइने यो पर्व हिजोआज सबै जातजाति र धर्माबलम्बीले पनि मनाउने गरेका छन् ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार