देशभर चिसो बढ्न थाल्यो, सावधानी अपनाउन सुझाव

[sharethis-inline-buttons]

२३ कार्तिक,कमाठमाण्डौ ।देशभर चिसो बढेको छ काठमाण्डौ उपत्यकामा हिजो ९ दशमलब ८ डिग्रि सेल्सियस मापन गरिएको तापक्रम आज बिहान ९ दशमलब २ डिग्रि मापन गरिएको छ । कार्तिकको मध्यममै चिसो बढ्न थालेपछि पुस माघमा काठमाण्डौमा तापक्रम माईनसमा झर्ने मौसमबिदको अनुमान छ ।

चिसो अत्याधिक बढ्नसक्ने भन्दै बालबालिका तथा बृद्धाबृद्धालाई साबधानी अपनाउन आग्रह गरिएको छ ।बिहान ६ बजेर २० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउनेछ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर नभएकाले सामान्यता मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । आजदिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार