कांग्रेसले तोक्यो १२ जिल्लाका लागि निर्वाचन अधिकृत

[sharethis-inline-buttons]

काठमाडौं – नेपाली कांग्रेसले १२ जिल्लाका लागि निर्वाचन अधिकृत तोकेको छ। कात्तिक २७ गतेदेखि अधिवेशन सुरु हुने १२ जिल्लाका लागि निर्वाचन अधिकृत तोकिएको हो।

क्रियाशील सदस्यता टुंग्याउन बाँकी रहेको रौतहटको लागि पनि निर्वाचन समितिले निर्वाचन अधिकृत तोकेको छ। निर्वाचन समितिका वरिष्ठ सदस्य गोपाल कृष्ण घिमिरेकाअनुसार रौतहट जिल्लाका लागि दीपकराज रेग्मी निर्वाचन अधिकृत तोकिएको छ।

कांग्रेसले सप्तरीका लागि रुद्र शर्मा, सिरहाका लागि संजीव लामा, धनुषाका लागि अरुण ज्ञवाली, महोत्तरीका लागि इन्द्र अधिकारी, सर्लाहीका लागि विनोद कुमार कार्कीलाई निर्वाचन अधिकृत तोकेको छ।

यस्तै, बाराका लागि राजन दाहाल, पर्साका लागि नरेन्द्र केसी, सुर्खेतका लागि मदन रेग्मी, बाँकेका लागि रेवती रमण भट्टराई, रसुवाका लागि सुमन केसी, डोल्पाका लागि कुमार राजु श्रेष्ठ, कैलालीका लागि एक प्रसाद सुवेदीलाई निर्वाचन अधिकृत तोकिएको छ।


प्रकाशित : २०७८ कार्तिक २२ सोमबार