सत्ता गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

[sharethis-inline-buttons]

काठमाडौँ – सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न समिति बनाएको छ। सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकले रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति बनाएको सञ्चार तथा सूचना मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनए । उनकाअनुसार गठबन्धन ५ दलबाट २/२ जना गरी १० र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाइएको हो ।

समितिमा कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सदस्य छन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेको कार्किले बताए । दुई/दुई महिनामा संयोजक परिवर्तन हुने उहाले जानकारी दिए ।

यो संयन्त्रको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने उनको भनाइ छ । उक्त समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्ने बताइएको छ ।


प्रकाशित : २०७८ कार्तिक २२ सोमबार