
काठमाडौं । कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएका विदेशी नागरिकलाई अमेरिकाले आजदेखि प्रवेश अनुमति दिने भएको छ । नयाँ नियमअनुसार विदेशी यात्रुले हवाई यात्रा गर्नुअघि दुवै डोज खोप लगाएको प्रमाण र तीन दिनभित्रको कोभिड–१९ नेगेटिभको रिजल्ट पेस गर्नुपर्नेछ ।
संयुक्त अधिराज्य, युरोपेली युनियनअन्तर्गतका केही देशसहित ३० वटा मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो ।सन् २०२० को सुरुवातमा अमेरिकाले चीनबाट आउने नागरिकको प्रवेशमा रोक लगाएका थिए । त्यसपछि संयुक्त अधिराज्य, भारत, दक्षिण अफ्रिका, इरान, ब्राजिललगायतका मुलुकका नागरिकलाई प्रवेश रोक लगाइएको थियो ।
प्रकाशित : २०७८ कार्तिक २२ सोमबार