
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले सेटिङमा संसद विघटन बदर गर्ने फैसला गरेको आरोप लगाउनुभएको छ । आज विराटनगर पुगेर अध्यक्ष ओलीले न्यायालयमा पनि भागबण्डा चलेको बताउँदै सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको दाबी गर्नुभयो ।
अहिले न्यायाधिसहरुले नै यसो भनिरहेको अध्यक्ष ओलीको भनाइ थियो । कसलाइ मन्त्री बनाउने, कसलाइ नबनाउने भन्ने बारेमा लेनदेन भएको अध्यक्ष ओलीको आरोप छ । न्यायालयले नै आफ्नो मर्यादा कायम नराखेको उहाँको दाबी थियो ।
संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिँदा सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार प्रयोग गरेको बताउँदै अध्यक्ष ओलीले उक्त फैसला संविधान विपरीत भएको दाबी गर्नुभयो ।