न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भईरहेको गृहमन्त्री खाँणको भनाइ

[sharethis-inline-buttons]

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताउनुभएको छ । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै बिधेयक ल्याउन नसकेको बताउनुभएको हो ।

उहाँले सदन चल्न दिन एमालेसंग आग्रह पनि गर्नुभयो । त्यस्तै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने सबैको चाहना रहेको र अब न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भईरहेको बताउनुभयो ।

मन्त्री खाणँले नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दैसरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको उल्लेख गर्नुभयो । बिमानस्थलमा कांग्रेस नेताहरु रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंह लगाएतले मन्त्री खाँणलाई स्वागत गरेका थिए ।


प्रकाशित : २०७८ कार्तिक २२ सोमबार