
२२ कार्तिक, काठमाडौं । तिहारको बिदापछि खुलेको पहिलो दिन शेयर बजार सोमवार घटेको छ । आज शेयर बजार परिसूचक नेप्से १९.२० अंकले घटेको हो । उक्त अंकको गिरावटसँगै शेयर बजार परिसूचक नेप्से दुई हजार आठ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड, फाइनान्स र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । भने बीमा, विकास बैंक र माइक्रोफाइनान्सको शेयर उच्च अंकले घटेको छ ।
आज दुई सय ३० कम्पनीका ७२ लाख सात हजार कित्ता शेयर चार अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ । आज आईसीएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
प्रकाशित : २०७८ कार्तिक २२ सोमबार