प्रधानन्यायाधीसले राजीनामा नदिए सम्म आन्दोलन जारी राख्ने बारको चेतावनी

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सोमबार पनि बिरोध प्रदर्शन गरेको छ । कालो पट्टी र कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनमा विरोध प्रदर्शन गरेका हुन् । यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो ।

राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्ने जनाएको छ । प्रधानन्यायाधीश राणाले न्यायलयलाई ध्वस्त पार्ने काम गरेकाले राजीनामा दिनुपर्ने बारको भनाई छ ।विरोध प्रदर्शनमा बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले विसंगति र विकृतिको कारण प्रधानन्यायाधीश मात्रै नभएपनि प्रधानन्यायाधीश मुख्य जिम्मेवार व्यक्ति भने भएको बताउनुभयो ।

बारले न्यायलय सुधारका लागि प्रारम्भदेखि नै उठाएका विषयमा धेरै बिषयमा पटक पटक ध्यानाकर्षण गराएपनि प्रधानन्याधिशबाट कुनै सुनुवाई नै नभएको उहाले बताउनुभयो । यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

नेपाल बार एशोसिएसनले आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए ।


प्रकाशित : २०७८ कार्तिक २२ सोमबार