काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र नामिबियाबीच खेल हुने भएको छ । दुबईको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दुबै देशका लागि प्रतिष्ठा खेलको रुपमा हुनेछ । दुबै देश समुह चरणबाट बाहिरीएका छन् । हिजो भएको खेलमा भने पाकिस्तान विजयी भएको छ । पाकिस्तानले स्कटल्यान्डमाथि ७२ रनको शानदार जित हात पारेको छ ।
स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत आफूले खेलेको पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको पहिलो खेलमा न्युजिल्याण्ड विजयी भएको छ । अफगानिस्तानलाई न्युजिल्याण्डले ८ विकेटले पराजित गरेको हो ।