
काठमाडाैं । नेकपा (एमाले) ले महाधिवेशन प्रतिनिधि चयनका सम्बन्धमा बुझाइमा एकरूपता कायम गर्न आन्तरिक पार्टी निर्देशन (अपानि–१४) जारी गरेको छ ।
निर्देशन अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई निर्वाचन एकाइ बनाएर अब १ हजार २ सयसम्म पार्टी सदस्य भएमा १ महिलासहित ३ प्रतिनिधि चयन हुनेछन् । थप ८०० सदस्यसम्ममा थप १ प्रतिनिधि चयन हुने व्यवस्था गरिएको एमाले नेता विष्णु रिजालले बताउनुभयो । थप ३ सदस्य निर्वाचित हुने अवस्थामा १ महिला अनिवार्य व्यवस्था गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित : २०७८ कार्तिक २२ सोमबार