बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने

[sharethis-inline-buttons]

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने हुनुभएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुहुने भएको हो । त्यसअघि १ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार गरेपछि सोही अनुसार बैठकको तयारी हुने बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

विश्वासको प्रस्ताव पेश भएसँगै मतदान पनि आजै हुनसक्ने बताइएको छ । नेपालको संविधानको धारा १ सय ६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लाग्नुभएको हो ।


प्रकाशित : २०७८ कार्तिक २२ सोमबार