देशभरको मौसममा आंशिक बदली, जुम्लामा तापक्रम माईनसमा झर्‍यो

[sharethis-inline-buttons]

२२ कार्तिक,काठमाण्डौ ।यतिबेला मौसममा सामान्य बदलीआएसंगै देशभर आंशिक बदली रहेको छ । हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।यस्तै आज रातीः देशभर आंशिक बदली रहने छ ।

गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

जुम्लामा तापक्रम माईनस १ डिग्रीमा झरेको छ । यस्तै जोमसोममा तापक्रम २ डिग्रि सेल्सिियस पुगेको छ । काठमाण्डौ उपत्यकामा तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ६ बजेर १९ मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १५ मिनेटमा अस्ताउनेछ ।


प्रकाशित : २०७८ कार्तिक २२ सोमबार