सल्यानमा बस दुर्घटना, सात जनाको ज्यान गयो

[sharethis-inline-buttons]

काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटना भएको हो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटना परी सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्। बस सडकबाट २ सय मिटर तल खसेको छ।

बसमा ३० जना यात्रु रहेको बताइएको छ।सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

 


प्रकाशित : २०७८ कार्तिक २१ आईतवार