ईराकी प्रधानमन्त्रीको हत्या प्रयास,भागेर ज्यान जोगाए

[sharethis-inline-buttons]

२१ कार्तिक,काठमाण्डौ ।ईराकका प्रधानमन्त्री मुस्तफा अल–काधिमीको हत्याको प्रयास भएको छ । अज्ञात समुहले आज बिहानै प्रधानमन्त्रीको घरमा ड्रोनबाट आक्रमण गरी हत्याको प्रयास गरेपनि भागेर ज्यान जोगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

आक्रमणमा प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षामा अखटिएका ६ जना सुरक्षाकर्मी भने घाईते भएका छन । घटनापछि समामाजिक सञ्जालमा ट्वीट गर्दै प्रधानमन्त्री काधिमीले ट्वीटरमा पोस्ट गर्दै शान्त र संयम रहन अपिल गर्नुभएको छ ।

देशद्रोहको रकेटले वीर सुरक्षा बलहरू बिचलन नहुने र सेनालाई अलिकति पनि हल्लाउने नसक्ने दाबी समेत गर्नुभएको समाचारसंस्था रोयटर्सले उल्लेख गरेको छ ।

अक्टोबर १० मा भएको आम चुनावको नतिजालाई लिएर इराकको राजधानीमा हिंसात्मक विरोध प्रदर्शनपछि उक्त आक्रमण भएको हो।आन्दोलनको नेतृत्व गर्ने समूहहरू भारी–शस्त्रधारी इरान समर्थित मिलिशिया हुन् जसले चुनावमा आफ्नो संसदीय शक्ति गुमाएका थिए ।

उनीहरुले मतदान र मतगणनामा अनियमितता भएको आरोप लगाएका छन् ।सरकारी भवन र विदेशी दूतावास रहेको बग्दादको सुदृढ ग्रीन जोनमा रहेको काधिमीको निवासमा आज भएको आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।


प्रकाशित : २०७८ कार्तिक २१ आईतवार