सियरा लियोनमा इन्धन ट्याङ्कर विस्फोट ९९ को मृत्यु

[sharethis-inline-buttons]

२१ कार्तिक,काठमाण्डौ ।सियरा लियोनमा इन्धन ट्याङ्कर विस्फोट हुँदा ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । सयौँ घाईते भएका छन ।

राजधानी फ्रिटाउनमा एक इन्धन ट्याङ्कर बससंग ठोक्किएपछि विस्फोट भएको अलजजीराले जनाएको छ ।फ्रिटाउनको पूर्वमा रहेको उपनगर वेलिंगटनमा उक्त दुर्घटना भएको हो ।

बन्दरगाह सहरका मेयर इभोन्ने अकी–सवाइरले फेसबुकमा एक पोस्ट गर्दै गाडीबाट इन्धन चोर्न आएकाहरुको मृत्यु भएको बताउनुभएको छ ।

उक्त बिस्फोटपछि धेरै मानिस जलेका छन भने घर तथा पसलहरुमा समेत आगलागी भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक २१ आईतवार