
२१ कार्तिक,काठमाण्डौ ।मकवानपुरमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
गएराति हेटौँडा उपमहानगरपालिका–१९, वस्तीपुरमादेउसी खेल्न हिँडेको ७ जनाको समूहलाई बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसलेठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बसको ठक्करबाट घाइते भएका स्थानीय २० वर्षका सु्जन विष्ट र चितवन पिप्लेका ३४ वर्षका प्रेमबहादुर सिंहको उपचारको क्रममा चुरेहिल अस्पताल हेटौँडामा मृत्यु भएको हो ।
घाइते भएका पाँच जनाको चुरेहिल अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७८ कार्तिक २१ आईतवार