पार्टीको १४ औं महाधिवेशन समयमा नै हुन्छ -देउवा

[sharethis-inline-buttons]

१९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आफ्नो हातमा नभएकाले निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताउनुभएको छ । शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले अधिवेशन समयमा हुने भएपनि अधिवेशन पार्टी सभापतिको हातमा नभई निर्वाचन समितिको हातमा रहेको बताउनुभयो ।

अधिवेशन आफूले चाहेर पनि नहुने र आफूले भनेर पनि नहुने भन्दै उहाँले निर्वाचन समितिले काँग्रेसको पार्टी महाधिवेशन समयमै गराउने दाबी गर्नुभएको हो । प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने बताउनुभयो ।

उहाँले अहिले पार्टी अधिवेशन आउँदै गरेकोले यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउन र हुँदै नभएमा स्वस्थ प्रतिष्पर्धाबाट सभापति बनाउन निर्देशन दिनुभयो । अघिवेशनमा जित हार हुने भएकाले हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने भन्दै जित हारमा दुश्मनी नबढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री देउवाले बेलायतमा मन्त्रीहरुले कोरोना भाइरस विरुद्धको एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उहाँले यसअघि खोप लगाएका तथा लगाउन बाँकी सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गर्नुभयो ।


प्रकाशित : २०७८ कार्तिक १९ शुक्रबार