टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुने

[sharethis-inline-buttons]

१९ कार्तिक,काठमाण्डौ ।आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेल न्युिजल्याण्ड र नामिबीयाबीच हुनेछ भने दोस्रो खेलमा भारत र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

गएराति भएको खेलमा भने श्रीलंका विजयी भएको छ । सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई २० रनले पराजित गरेको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै १ सय ६९ रन जोड्न सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ । हिजो नै भएको अर्काे खेलमा अस्ट्रेलिया विजयी भएको छ । अस्टे«लियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।


प्रकाशित : २०७८ कार्तिक १९ शुक्रबार