
१९ कार्तिक,काठमाण्डौ । जाजरकोटको छेडागाड नगरपालिका १ ध्यापटाकुरामा गएराती ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
जाजरकोटकै जुनिचाँदे गाउँपालिका २ का २६ वर्षीय दिल बहादुर शाही र १५ वर्षीय पारस सिंहको मृत्यु भएको हो । चालक सहित घाइते भएका सबैलाई उपचारका लागि कर्णली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।
सुर्खेतबाट चामल लिएर जुनिचाँदेतर्फ जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनि ट्रक गएराती ११ बजे सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रकाशित : २०७८ कार्तिक १९ शुक्रबार