परिवर्तनको रक्षाको निम्ति जुनसुकै चुनौतीको पनि सामना गर्न तयार: जनार्दन शर्मा

[sharethis-inline-buttons]

काठमाडौँ – नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर)ले परिवर्तनको रक्षाको निम्ति जुनसुकै चुनौंतीको पनि सामना गर्न माओवादी तयार रहेको बताएका छन् । पार्टीको कार्यकर्ता प्रशिक्षणको लागि संखुवासभा पुगेका शर्माले बुधबार पत्रकार सम्मेलन मार्फत यस्तो बताएका हुन् ।

अर्थमन्त्रीसमेत रहेका शर्माले संघीयतालाई नरुचाउनेहरुले, प्रतिगमनकारी प्रवृत्तिले संघीयतालाई कसरी समाप्त पार्ने भनेर लागि परिरहेको सन्दर्भमा संघीयताको रक्षाको लागि सबै जनतालाई आह्वान गर्ने कुरा आवश्यक रहेको भन्दै पार्टीहहरू एकताबद्ध भएर जान आवश्यक रहेको धारणा व्यक्त गरे ।

संघीयता प्राप्त गर्न जनयुद्ध र जनआन्दोलन हुँदै पछिल्लो संविधानको कार्यान्वयनको विषय र प्रतिगमन विरोधी आन्दोलनमा समेत सबै राजनितिक पार्टीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले तर्क प्रस्तुत गरे ।

अझै पनि पहिचानको कुरा, राष्ट्रको कार्यकारी नेतृत्वको कुरा, निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउने कुरा, अहिले दलहरुमा छलफल गर्दै यी कुराहरुलाई पनि अगाडी बढाउने कुरामा पार्टी लागि परेको बताए ।

अको प्रशंगमा उनले भने संघीयताले स्थानीय तहलाई अधिकार दिएकोले स्थानीय तहलाई थप अधिकार दिनु पर्ने र विकास निर्माण र कोभिड १९ मा समेत स्थानीय तहले महत्वपूर्ण भूमिका खेलेको छ । र साथसाथै प्रदेश सरकालाई अझ सक्षम बनाउन आवश्यक रहेको छ । पार्टी प्रशिक्षणका लागि मंगलबार संखुवासभा आएका मन्त्री शर्मा बुधबार काठमान्डौ फर्किएका छन् ।


प्रकाशित : २०७८ कार्तिक १७ बुधबार