एमाले महाधिवेशन: स्वतः प्रतिनिधिलाई तीन हजार र निर्वाचित प्रतिनिधिलाई दुई हजार शुल्क

[sharethis-inline-buttons]

काठमाडौं – नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्नेहरुका लागि दुईथरी शुल्क निर्धारण गरेको छ। महाधिवेशनबारे जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुल्कबारे जानकारी गराएका हुन्। ‘हामीले प्रतिनिधि शुल्क राखेका छौं। स्वतः प्रतिनिधित्व हुने केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट प्रतिनिधित्व गर्नेहरुलाई तीन हजार प्रतिनिधि शुल्क तोकिएको छ। तल निर्वाचित भएर आउनेहरुलाई दुई हजार प्रतिनिधि शुल्क तोकिएको छ। यो स्रोतबाट नै हामीले महाधिवेशनलाई सम्पन्न गर्छौ’, उनले भने।

उनले स्वेच्छिक ढंगले आमपार्टी सदस्यहरुले स्थानीय तहको व्यवस्थापन गर्नुपर्ने बताए। ुजस्तोस चितवनमा बुटवल, नेपालगञ्ज, झापा तथा काठमाडौंबाट गाडीहरु जान्छन्। यसको व्यवस्थापन सम्बन्धित तहको पार्टी कमिटीले गर्छ र त्यसका निम्ति पार्टी सदस्यहरुबाट स्वेच्छिक सहयोग आह्वान हुन्छु, उनले भने।

एमालेले केन्द्रीय महाधिवेशनका लागि चयन गरिने प्रतिनिधिको आधार तय गरेको छ। मंसिरको १० गतेदेखि १२ सम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको आधार बनाइएको हो।


प्रकाशित : २०७८ कार्तिक १७ बुधबार