१७ कार्तिक,काठमाण्डौ ।अफगानिस्तानको सैन्य अस्पतालमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
सबै भन्दा डूलो सैन्य अस्पताले सरदार मोहम्मद दाउद खान अस्पतालको प्रवेशद्वारमा इस्लामिक स्टेटका बन्दुकधारीहरूको समूहले आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।
१५ मिनेटभित्र भएको उक्त आक्रमणमा २५ जना मारिएको तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनुभयो । इस्लामिक स्टेटका बन्दुकधारीहरू अस्पताल भित्र छिर्न खोजेपनि तालिबानले हेलिकप्टरबाट बम खसालेपछि आक्रमणकारीहरू भित्र छिर्न पाएका थिएनन ।तालीवान प्रवक्ताका अनुसार एकजना आक्रमणकारीलाई पक्राउ गरिएको छ ।
प्रकाशित : २०७८ कार्तिक १७ बुधबार