
१७ कार्तिक,काठमाण्डौ।जाजरकोट र धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको ।जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मत्यु भएको छ।नलगाड नगरपालिका–५ कालीमाटी बजारबाट सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर नलगाड–५ मुलीपोखरा नजिकै मंगलबार राति झुल्के डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा नलगाड नगरपालिका–५ पारीगाउँका ६० वर्षीय दलबहादुर खत्री, उनका छोरा ३२ वर्षीय सुरेश खत्री र चालक नलगाड–७ दल्लीका २५ वर्षीय चंखलाल विकको मृत्यु भएको प्रहरीले जनाएको छ। सडकबाट करिब ५ सय मिटरको दूरीमा ३ जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए।
यता धादिङको धुनिवेशी नगरपालिका १ मा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीय रुमाल तामाङ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा काठमाण्डौको स्वयम्भू स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको छ । कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक हिजो९ मंगलबार०साँझ अनियन्त्रित भएर पल्टिएको थियो ।