
१७ कात्तिक, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हिमपातको सम्भावना रहेको छ ।
मौसमविद् मञ्जु वासीका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
विगत केहीदिनदेखि तापक्रम भने केही घट्दै गएको छ । आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ ।
हिजो बिहान ६ बजे काठमाडौंको तापक्रम ११.८ डिग्री सेल्सियस रहेको थियो । काठमाडौंमा आज दिउँसो तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म रहने छ । बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहने उनले जानकारी दिइन् ।
प्रकाशित : २०७८ कार्तिक १७ बुधबार