कार्तिक, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेलहरू हुने भएका छन् । आज हुने पहिलो खेलमा दक्षिण अफ्रिका र बङ्गलादेशबीच र दोस्रो खेलमा पाकिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । दक्षिण अफ्रिका र बङ्गलादेशबीचको खेल दिउँसो ३ : ४५ मा दुबईस्थित जायद क्रिकेट रङ्गशालामा हुनेछ ।
यस्तै पाकिस्तान र नामिबियाबीचको खेल जायद क्रिकेट रङ्गशालामै साँझा ७ : ४५ मा सरु हुनेछ । यसअघि, गएराति भएको खेलमा जित हात पार्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । दुबईस्थित सारजाह क्रिकेट रङ्गशालामा गयराति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । जितसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ४ खेलमा ८ अङ्क जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ ।