
काठमाडौं । स्कट्ल्याण्डको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा विश्वका नेताहरूको एक समूहले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाउने भएको छ । उनीहरूले आज सन् २०३० सम्ममा वन फडानी रोक्ने सम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने भएका हुन् । जारी कोप–२६ मा हुने यो पहिलो प्रमुख सहमतिका रुपमा हेरिएको छ ।
यसरी वन फडानी नियन्त्रणका लागि सहमति गर्नेमा तीव्र रुपमा कटान भइरहेको अमेजन रेन फरेस्ट रहेको ब्राजिल पनि हुनेछ । कार्बनडाइअक्साइड कटौतिका लागि महत्वपूर्ण भूमिका रहेका रुख काटिँदा जलवायु रिवर्तनमा सहयोग पुग्ने गरेको छ । सम्झौतामा वन संरक्षण तथा पुर्नस्थापनाका लागि थप वित्तिय लगानीको वाचा समेत गरिने छ ।
विश्वको वन क्षेत्रको ८५ प्रतिशत भन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन फडानी नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षेर गर्ने तयारी गरेका हुन् । यस्तै २८ देशले विश्वव्यापी खाद्यन्न व्यवसायका लागि वन फडानी नगर्ने सहमति पनि गर्ने छन् । खाद्यन्न उत्पादन तथा पशुका लागि चरन क्षेत्र बनाउनका लागि वन फडानी गर्ने गरिएको छ । ३१ अक्टुबरबाट सुरु भएको सम्मलेनमा विश्वका १ सय २५ भन्दा बढी मुलुकले सहभागिता जनाएका छन् । सम्मेलन आज सकिँदैछ ।