
काठमाण्डौ । १४ यात्रु सहित कार्गो बोकेर नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा आज बिहान बँदेलसँग ठोक्किएर दुर्घटना भएपनि मानवीय क्षति भने नभएको बिमानस्थल स्रोतले जनाएको छ ।
बदेँलसंग ठोक्किएको जहाजको अगाडिको र पछाडिको टायरको बीच भागमा प्वाल परेको बताईएको छ। एकाबिहानै बिमानस्थलमा बदँेल कसरी पस्यो भन्ने बारे अनुसन्धान भईरहेको छ ।
प्रकाशित : २०७८ कार्तिक १६ मंगलवार