पिरतीको खुल्ला आकाशमा रमाउदै निशा (भिडियो)

[sharethis-inline-buttons]

काठमाडौं– तिहारको कोसेली स्वरूप गायिका निशा निशा कँडेलले पिरतीको खुल्ला आकाशमाु बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

रोमाण्टिक भर्सनको यस गीतमा रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघि गायिका कँडेलकोको स्वरमा तस्विर, म के भनु, नेपाली छोरीु सधैलाई सार्वजनिक भैसकेका छन्।


प्रकाशित : २०७८ कार्तिक १५ सोमबार