तिहारका लागि भेडाच्याङ्ग्रा रसुवा आइपुग्यो

[sharethis-inline-buttons]

१५ कार्तिक,काठमाण्डौ ।नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाकावाट ५० वटा भेडाच्याङ्ग्रा ल्याइएको छ । छिमेकी चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म भेडाच्याङ्ग्रा भेडाच्याङ्ग्रा ल्याइदिएका हुन् ।

नेपाल ल्याइएका भेडाच्याङ्ग्राको पशु क्वारेण्टीन कार्यालय रसुवाले परिक्षण गरेको छ । तिहारका लागि ल्याइएका भेडाच्याङ्ग्रा पनि महङ्गो पर्ने भएको छ । भेडाच्याङ्ग्रा पाइने केरुङमै महँगो परेकाले मूल्य बढेको रसुवागढि भन्सार कार्यालयका प्रमुख डा। विकास धौवन्जारले बताउनुभयो ।

अहिले ल्याइएका भेडाच्याङ्ग्रा सानो भएको र सबैको एउटै मुल्य हुँदा बिक्रीमा समस्या आउने व्यवसायीले बताएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्रत्येक वर्ष रसुवागढी नाकावाट भेडाच्याङ्ग्रा आयात हुँदै आएको छ । कोरोना सङक्रमण सुरु हुनुअगाडि नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडाच्याङ्ग्रा आयात गर्ने गरेका थिए ।


प्रकाशित : २०७८ कार्तिक १५ सोमबार