
१५ कार्तिक,काठमाण्डौ ।नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । हप्ताको पहिलो दिन हिजो ९१ हजार ७ सय रुपैयाँ तोलामा किनबेच भएको सुन आज तोलामा एक सयले बढेर ९१ हजार ८ सय रुपैयाँ तोलामा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ
प्रकाशित : २०७८ कार्तिक १५ सोमबार