
१५ कार्तिक,काठमाण्डौ ।नेपालपुरूष क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाले आवेदन दिएका छन् ।प्राप्त आवेदन मध्यबाट छनौट समितिले छोटो सूची प्रकाशन गरीकेही दिनभित्रमा अन्तर्वाता लिइने नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । यसअघिका मुख्य प्रशिक्षक डेभ वाटमोरले ओमान भ्रमणपछि राजीनामा दिनुभएको थियो ।
रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि क्यानले कात्तिक १ गते दरखास्त आह्वान गरेको थियो ।
प्रकाशित : २०७८ कार्तिक १५ सोमबार