प्रधानमन्त्री देउवाले आज कोप २६ सम्मेलनलाई सम्बोधन गर्दै

[sharethis-inline-buttons]

१५ कार्तिक,काठमाण्डौ ।प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन कोप–२६अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन स्टकल्याण्ड पुग्नुभएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा आइतबार राति स्टकल्याण्ड पुग्नुभएको हो। देउवाले सोमबार (आज) दिउँसो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ।

साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ ।

भ्रमणका दौरान उहाँले मङ्गलबार(भोली) बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नुहुनेछ ।


प्रकाशित : २०७८ कार्तिक १५ सोमबार