कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

[sharethis-inline-buttons]

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषण गरेका हुन् । सत्ता साझेदार नेपाली काँग्रेससँग भएको सहमति अनुसार मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएको बताएका छन् ।

काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले सम्बोधनका क्रममा बताए । शाहीले जाँदा जाँदै आफूलाई साथ दिने राजनीतिक दल र कर्मचारीलाई धन्यवाद ज्ञापन गरे ।


प्रकाशित : २०७८ कार्तिक १५ सोमबार