मुख्यमन्त्री आचार्यले दिए पदबाट राजीनामा

[sharethis-inline-buttons]

काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष राजिनामा पत्र बुझाएका हुन् ।

उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए । उनेकपा एमालेका सांसद रहेका मुख्यमन्त्री आचार्यले आफ्नो दल विभाजन भएपछि प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।


प्रकाशित : २०७८ कार्तिक १५ सोमबार