काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्याउ फार्म अवलोकन गर्न मनाङ गएकी छन् ।राष्ट्रपति भण्डारी भार्ताङ मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ स्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न गएकी हुन् ।एग्रो मनाङ स्याउ फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो । यसलाई नेपालकै ठूलो स्याउ फार्म भनिन्छ ।
राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गरेर फर्किने कार्यक्रम रहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।यसैगरी बाढी पहिरोले पु¥याएको क्षतिबारे जानकारी लिने र प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रकाशित : २०७८ कार्तिक १५ सोमबार