
काठमाडौं – आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेका छन्। न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरिएको हो। सर्वोच्चका न्यायाधीशहरूबीचको छलफलपछि गठित वार्ता टोली प्रधानन्यायाधीशसँगको वार्ताका लागि उनको च्याम्बरमा पुगेको छ।
अघिल्लो आइतबारदेखि न्यायाधीशहरूले इजलास बहिष्कार गरेर प्रधानन्यायाधीश राणामाथि राजीनामाको दबाब बढाएका छन्।
प्रकाशित : २०७८ कार्तिक १४ आईतवार