कालो पट्टी बाँधेर प्रधानन्यायाधीश विरूद्ध आन्दोलनमा उत्रिए कानुन व्यवसायी

[sharethis-inline-buttons]

काठमाडौं । कानुन व्यवसायीहरू सर्वोच्च अदालत परिसरमै कालो पट्टी बाँधेर विरोधमा उत्रिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले आज सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने कानुन व्यवसायीले जनाएका छन् ।

बारका सदस्य खिमानन्द अधिकारीका अनुसार आज सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर धर्ना दिने, भोलि गेटमा धर्ना दिने, पर्सि कोणसभा गर्ने र बुधबार पनि आन्दोलनलाई निरन्तरता दिने तयारी छ । बुधबारसम्ममा प्रधानन्यायाधीश जबराको राजीनामा नआए फेरि बैठक बसेर थप आन्दोलन गर्ने उहाँको भनाइ छ ।

विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै, बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको छ । प्रधानन्याधीश जबरा भने राजीनामा नदिने अडानमा हुनुहुन्छ ।


प्रकाशित : २०७८ कार्तिक १४ आईतवार