काठमाडाैं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजपनि दुई खेलहरू हुने भएका छन् । आज हुने पहिलो खेलमा अफगानिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।
दुबईस्थित जायद क्रिकेट स्टेडियममा हुने यी दुई टोलीबीचको खेल दिउँसो ३ : ४५ मा सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुबई क्रिकेट स्टेडियममा हुने भारत र न्यूजिल्याण्डबीचको खेल साँझ ७ : ४५ मा सुरु हुनेछ । यसअघि, हिजो भएका खेलहरूमा दक्षिण अफ्रिका र इंग्ल्याण्डले जित हात पारेका छन् ।
प्रकाशित : २०७८ कार्तिक १४ आईतवार