कोप–२६ सम्मेलन आजदेखि सुरु हुँदै

[sharethis-inline-buttons]

१४ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि स्कटल्याण्डको ग्लास्गोमा सुरु हुँदैछ ।सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । नेपालको तर्फबाट प्रधामन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ । विश्व नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।

कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ ।

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका लक्ष्यहरु यो सम्मेलनले केही परिमार्जन गर्ने अनुमान गरिएको छ । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।


प्रकाशित : २०७८ कार्तिक १४ आईतवार