भगीरथ भण्डारी
इलाम – इलाम नगरपालिकाले खेर गहिरहेको खोल्सालाई बाँध बाँधेर संरचना बनाउन थालेको छ । शुरुवातदेखि फोहोर बग्ने खोल्साका रूपमा रहेको स्थललाई इलाम नगरपालिकाले विभिन्न संरचना निर्माण गरिरहेको हो ।
जिल्लाको पूरानो नगरपालिकामा रहेको इलाम बजारको अस्पताल नजिकको खोल्सामा बजारको फोहोर फाल्ने गरिन्थ्यो । बजार बढेसँगै जग्गाको मूल्य बढ्ने र संरचना बनाउनका लागि जग्गा नपाउने भएपछि खोल्सामा बाँध बाँधेर संरचना निर्माण थालेको हो । इलाम अस्पताल नजिकै रहेको खोल्सालाई बाँध बाँधेर इलाम नगरपालिकाले कभर्डं हल, तरकारीबजार खसिबोका बजार र आँखा अस्पताल निर्माण गरेको हो ।
जिल्लामा खेलकुदका लागि एउउटा मैदान समेत नभएको अवस्थामा इलाम नगरपालिकाले खोल्सामा बाँध बाँधेर खेलकुदका सामाग्री सहित विभिन्न संरचना बनाएर राम्रो काम गरेको स्थानीय धिरेन चेम्जुङ बताउँछन ।
उनी भन्छन ‘नागरिकको आवाज सुन्ने क्रममा कसैले कल्पना नगरेको ठाउँमा संरचना बनाएर बजारको राम्रो व्यवस्थापन गरेको छ’ ।
नगरपालिकाले खोल्सिलाई व्यवस्थापन गरेर तरकारी बजार, श्रष्ठा पार्क, पशु बजार, आँखा अस्पताल, मोटर साइकल पार्कीङ्ग सहितको रेष्टुरेन्छ, जनकदेव चोक लगायतका संरचनाको निर्माण भइरहेको छ । त्यो सँगै नगरपालिकाले स्रस्टा पार्कमा चित्रकला, मूर्तिकला, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र, नृत्य, संगीत, खेलकुद, साहित्य र पत्रकारिता क्षेत्रमा समेत योगदान गर्ने व्यक्तिहरुको नाम पार्कमा राखिसकेको छ ।
नगरपालिकाले यसैवर्ष शुरु गरेको इलाम आँखा अस्पताल निर्माण सम्पन्न भइसकेको छ । त्यसलाई तत्काल सञ्चालनको लागि काम अघिबढाइरहेको इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले बताए । अस्तव्यस्त रहेको बजार व्यवस्थापन निकै चुनौति रहेपनि नयाँ योजनाका साथ खोल्सालाई बाँध बाँधेर विभिन्न संरचना निर्माण गरेको इलाम नगरपालिका वडा नं ७ का अध्यक्ष नरेश श्रेष्ठ बताउछन ।
नगरपालिकाले विकास निर्माण मात्र नभएर विभिन्न क्षेत्रको विकासका लागि काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल बताउँछन । उनी भन्छन ‘नगरको विकासका लागि पर्यटकीय क्षेत्र पाटेनागीमा गुरुयोजना बनाएरै काम गरीरहेका छौ’ ।
बाँधबाँधेर संरचना निर्माण गर्ने क्रममा नगरपालिकाले ग्याविन पर्खाल, नाली निर्माण, सिढी र रेलिङ्ग, कम्पाउड वाले रिटेनिङ्ग वाल, लगाएर ठाउँ बनाएको छ । वाल लगाउँदै फिलिङ गरेको र ट्रस्टका हल्का संरचना रहेको कारण खोल्साको बाँध प्रविधिक रुपमा समस्या नआउने गरी निर्माण गरिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाई बताउँछन ।
आ.व २०७२÷७३ बाट निर्माण शुरु गरिएको उक्त ठाउँमा करीब डेढकरोड भन्दा बढी रकम खर्च भईसकेको गुरागाईको भनाई छ । इलाम नगरपालिकाले इलाम बजारमा व्यापारिक प्रयोजनका लागि सिटिमार्ट समेत निर्माण गरेर भाडामा लगाई सकेको छ । नगरपालिकाले कृषि क्याम्पस सञ्चालन र मेडिकल कजेल निर्माणको प्रक्रियापनि अघि बढाईसकेको छ ।