
काठमाडौं– अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानले आफ्नो पहिलो म्युजिक भिडियो ‘जेनेरेसन’ सार्वजनिक गरेकी छिन्। चर्चित र्यापर बुलेट फ्लोको संगको सहकार्यमा उनले उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
यस गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने , सोनिया महत , प्रिन्शिका श्रेष्ठ र अलिशा श्रेष्ठ को अभिनय रहेको छ।
सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।