
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेलहरू हुने भएका छन् । आजको पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको । दुबईस्थित सारजहाँ क्रिकेट स्टेडियममा हुने यी दुई टोलीबीचको खेल दिउँसो ३ : ४५ मा सुरु हुनेछ र यस्तै आजै हुने अर्को खेलमा इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।
इंग्ल्याण्ड र अस्टे«लियाबीचको खेल साँझ ७ : ४५ मा सुरु हुनेछ । यसअघि, हिजो भएको खेलमा वेस्टइन्डिजले सुपर १२ मा पहिलो जीत निकालेको छ । लगातार दुई खेलमा पराजित रहेको डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले गएराति बङ्गलादेशलाई ३ रनले पराजित गरेको हो । हिजै भएको अर्को खेलमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।