
काठमाडौं । सरकारले देशका विभिन्न सीमानाकामा कडाई गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिको हिजो बसेको बैठकमा देशका विभिन्न सीमानाकामा कडाई गर्ने विषयमा छलफल भएको हो । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा हिजो बसेको बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमानाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।
कडाइ गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो
प्रकाशित : २०७८ कार्तिक १३ शनिबार