
काठमाडौं । शुक्रबार नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र इजलास बहिष्कारको विषयमा भनाभन हुँदा कानूनी व्यवसायीबीच कुटाकुट भएको हो ।
शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको थियो । कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुव्र्यवहार गरेका थिए । त्यस पछि विवाद उत्पन्न भएको थियो ।
उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो । कुटिएका अधिवक्ता भूमिनन्द चुडालले बार गैरसंवैधानिक भएको आरोप लगाए । उहाले प्रधानन्याधिशलाई कसैले हटाउन नसक्ने बताउनुभयो ।बार निकट व्यक्तिहरुले आफुहरुलाई अन्याय गरेको उल्लेख गर्नुभयो । आफुलाई कुट्दा पनि बार हेरेर मात्र बसेको उहाँको भनाई छ ।
कुटिए पछि आक्रोशित बनेका चुडालले राजतन्त्र स्थापीत नभए सम्म प्रधानन्यायाधीसले राजीनामा नदिने समेत बताएका छन् ।यो व्यवस्थाले जनातालाई अन्याया मात्र गरेको उनको भनाई थियो ।चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताउनुभएको थियो । यता कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताउनुभयो ।