आजको मौसम : एक–दुई स्थानमा हल्का वर्षाको संभावना

[sharethis-inline-buttons]

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भ–ूभागबाहेकका ठाउँको मौसम सफा रहने बताएको छ । मौसम बदली गराउने वा पानी पार्ने प्रणाली नभएका कारण पहाडी बाहेकका भेगको मौसम सफा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार पहाडी भेगमा भने घाम लाग्दै बादल लाग्ने सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । आज दिउँसो देशको पहाडी भु–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भु–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भु–भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउनु हुन महाशाखाले आग्रह गरेको छ ।


प्रकाशित : २०७८ कार्तिक १३ शनिबार