कोप–२६ मा सहभागी हुन प्रधानमन्त्री देउवा लण्डनमा

[sharethis-inline-buttons]

१३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप–२६ मा सहभागी हुन लण्डन पुग्नुभएको छ ।

उहाँलाई लण्डनस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत रोशन खनालसहितको टोलीले हिथ्रो बिमानस्थलमा स्वागत गरेको छ । देउवाले आज नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँ २० सदस्यीय प्रतिनिधिमण्डलसहित कोप २६ मा सहभागी हुन हिजो त्यसतर्फ जानुभएको हो । पर्सि सोमबार र मंगलबार हुने सम्मेलनको वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा नेतृत्वको टोली बुधबार स्वदेश फर्किने कार्यतालिका छ ।


प्रकाशित : २०७८ कार्तिक १३ शनिबार