खाना पकाउने ग्याससहितका इन्धनको मूल्य बढाइयो

[sharethis-inline-buttons]

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो ।

निगमका अनुसार काठमाडौं उपत्यकामा (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँ बढेको छ । योसँगै पेट्रोलको मूल्य लिटरको १ सय ३३ रूपैयाँ पुगेको छ ।

यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १ सय १६ रूपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दस रूपैयाँ बढेर ९६ रूपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ५० रूपैयाँ बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५ सय रूपैयाँ पर्ने निगमले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक १३ शनिबार